• फाल्गुन २६ २०८२, मंगलवार

मधेश प्रदेशलाई विपद् संकटग्रस्त घोषणा

श्रावण ७ २०८२, बुधबार

काठमाडौं । सरकारले मधेश प्रदेशमा विपद् संकटग्रस्त घोषणा गरेको छ ।

बुधबार बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले मधेश प्रदेशका ८ जिल्लालाई विपत् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको हो ।

सरकारले तीन महिनाको लागि मधेश प्रदेशभर विपत् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ ।

मधेश प्रदेशका जिल्लामा भूमिगत पानीको मुहान समेत सुकेर खानेपानीको चरम अभाव भएपछि सरकारले यस्तो निर्णय लिएको एक मन्त्रीले जानकारी दिएका छन् ।