काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिकाका नगुप्रमुखका नगर प्रमुख दिपक रिसालको निर्देशनमा युवाहरुमाथि संघातिक महला भएको भन्दै त्यसको विरोधमा पत्रकार सम्मेलन हुँदैछ ।
अनामनगरमा रहेको संवाद डबलीमा दिउसो १२ः३० बजे हुने सो पत्रकार सम्मेलनमा वक्ताका रुपमा प्रा.डा. सुरेन्द्र केसी, सामाजिक अभियन्ता किरण केसी, राजु सुनार, आदर्श क्षेत्री र मानव अधिकार तथा शान्ति समाज–पूर्व केन्द्रीय अध्यक्ष उत्तम पुडासैनी रहेका छन् ।
गोकर्णेश्वर नगरपालिकाको प्राङ्गणमा मिति २०८२ असार २२ गते अर्थोपेडिक अस्पतालमा निःशुल्क पार्किङ गर्नुपर्छ भनी शान्तिपूर्ण धर्नामा बसेको अवस्थामा ‘बेथिति एवम् भ्रष्टाचार विरुद्ध अभियान’का युवाहरुलाई गोकर्णेश्वर नगरपालिकाका मेयर दीपक रिसालको निर्देशनमा १५—१६ जनाको टोलीले ज्यान मार्ने उद्देश्यका साथ सांङघातिक हमला गरेको पीडितले आरोप लगाएका छन् ।