• फाल्गुन २६ २०८२, मंगलवार

एमाले बैठकमा तस्वीर खिच्न प्रतिबन्ध, पत्रकारलाई पुर्याइयाे सडकमा

श्रावण ५ २०८२, सोमबार

काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कमिटीको बैठकमा पत्रकारलाई बाहिर सडकमै रोकिएको छ । ललितपुर, च्यासलस्थित केन्द्रीय कार्यालयमा शुरु भएको बैठकस्थलमा जानबाट सञ्चारकर्मीलाई रोकिएको हो ।

सुरक्षाको कारण देखाउँदै बैठकस्थलमा सञ्चारकर्मीहरूलाई जान रोकिएको बताइएको छ ।  यस अघि हलसम्म तस्बीर लिन दिइने गरेकोमा यस पटक रोकिएपछि सञ्चारकर्मीहरुले असन्तुष्टि व्यक्त गरेका छन् ।

सडकको भित्तामा ‘पत्रकार’ भन्ने कागज टाँस गरेको देखेपछि सञ्चारकर्मीहरुले आपत्ति जनाएका छन् ।