काठमाडौं । एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यताबारे महासचिव शंकर पोखरेलले नै नवीकरण भएको भनेर भनिसकेको बताएका छन् ।
अध्यक्ष केपी शर्मा ओली र पूर्वराष्ट्रपति भण्डारीबीच छलफल चलिरहँदा पार्टी मुख्यालयमा सञ्चारकर्मीसँग कुराकानी गर्दै पोखरेलले यस्तो बताएका हुन् ।
उनले अहिले पार्टी राजनीतिबारे बाहिर आइरहेका विषयमाथि उनीहरूबीच छलफल चलिरहेको बताए ।
‘जुन अहिलेको ज्वलन्त कुरा बाहिर आएको छ त्यही विषयमा केन्द्रित भएर कुराकानी भएको छ,’ पोखरेलले भने ।