• फाल्गुन २६ २०८२, मंगलवार

विद्याकाे राजनीतिमा इन्ट्री बारे एमालेमा बहस सुरू, के भने ओलीले ?

श्रावण १ २०८२, बिहीबार

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्या भण्डारीको राजनीतिमा पुनरागमनको विषयलाई प्रवेश गराएका छन् । केन्द्रीय कार्यालय च्यासलमा जारी बैठकमा अध्यक्ष ओलीले भण्डारीको विषयमा कुरा राखेको सचिव योगेश भट्टराईले जानकारी दिएका छन् ।

भट्टराईले भने- उहाँले पार्टीको सिस्टम बुझ्नु भएको छ र फर्किन्छु भनेर आफ्नो सेवा सुविधा त्यागेर आनुहुन्छ भने अब यो पार्टीको विषय हो । अध्यक्षले त्यस विषयमा आवश्यक परे छलफल गरौँ भन्नुभएको छ । आजको बैठकमा भ्याइएन भनेपनि अर्को बैठकमा छलफल हुन्छ । यो पार्टीको छलफलको विषय भइसक्यो। छलफल गरेर टुङ्गो लाग्छ ।’

सचिव भट्टराईले आफूहरुको चाहना अध्यक्षले नै भण्डारीसँग थप छलफल गर्ने भन्ने रहेको र आवश्यक परेमा पार्टीको सचिवालयमा थप छलफल हुने बताए ।