• फाल्गुन २९ २०८२, शुक्रबार

करिब ३ किलो ४ सय ग्राम कोकिनसहित भारतीय नागरिक पक्राउ

असार २७ २०८२, शुक्रबार

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आगमन पार्किङ एरियाबाट अवैध लागूऔषध कोकिन ३ किलो ४ सय ग्रामसहित भारतीय नागरिक मुम्बई महाराष्ट्र घर भएका ४० वर्षीय अबदुस समाद जमल मन्सुरी पक्राउ परेका छन् ।

लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरणबाट खटिएको प्रहरीले कतार एयरवेजको उडानद्वारा अजरबैजानबाट काठमाडौं आएका उनलाई जाँच गर्ने क्रममा उनको झोलाबाट उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।