• फाल्गुन २९ २०८२, शुक्रबार

६ करोड गैरकानूनी सम्पत्ति आर्जन गरेका लेखाअधिकृत पौडेलविरुद्ध मुद्धा दायर

असार २५ २०८२, बुधबार

काठमाडौँ । गण्डकी प्रदेशको भौतिक पूर्वधार विकास तथा यातायात व्यवस्था मन्त्रालयका लेखाअधिकृत झलक शर्मा पौडेलविरुद्ध अकुत सम्पत्ति कमाएको आरोपमा मुद्धा दायर गरिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शर्माले ६ करोड २६ लाख ९३ हजार १२९ गैरकानूनी सम्पत्ति आर्जन गरेको आरोपमा विशेष अदालत काठमाडौँमा मुद्धा दायर गरेको हो ।

शर्मा नियुक्ति भएको २०५४ देखि २०८० सम्म जाँच अवधिमा तीन करोड ३९ लाख ८७ हजार ४९० आर्जन गरेको देखिएको उल्लेख गर्दै अख्तियारले सो अवधिमा उनले ९ करोड ६७ लाख ८० हजार ६२० खर्च तथा लगानी गरेको पाइएको उल्लेख गरेको छ ।

अख्तियारले सरो नखुलेको ६ करोड २६ लाख ९३ हजार १२९ बराबरको बिगो कायम गरि मुद्धा दायर गरेको जानकारी दिएको छ ।