काठमाडौं । भोटे कोशीमा आएको बाढीमा परेर बेपता भएका १२ जनाको परिचय खुलेको छ । बाढीमा परेका नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोलीले ९ जनाको भने उद्धार गरेको छ ।
बेपत्ता हुनेमा नेपाल प्रहरीको इलाका प्रहरी कार्यालय, टिमुरेमा कार्यरत् प्रहरी सहायक निरीक्षक लालबहादुर श्रेष्ठ, प्रहरी जवान मुन्ना ठाकुर र लोकेन्द्र बोहोरा छन् ।त्यस्तै बेपत्ता हुने अन्यमा बर्दिया स्थायी घर भएका जिपन चौधरी, सन्तोष दइत, बुद्धिराम थारु, लक्ष्मीनारायण थारु, सुरेश थारु, बाग्लुङका नरेन्द्र विक, कन्टेनर चालक फुर्वा लामा, मिक्चर चालक गोविन्द मोक्तान, हाइलक्स चालक लोकमान तामाङ छन् ।
त्यसैगरि बाढीमा परेर ६ चिनियाँ नागरिक पनि बेपत्ता रहेका छन् । भोटेकोशीको बाढीले नेपाल र चीन जोड्ने मितेरी पुल बगाएको छ भने सुख्खा बन्दरगाहबाट कन्टेनरसहित इभी गाडी समेत बगाएको छ । त्यस्तै बाढीले रसुवागढी हाइड्रोको ड्याममा समेत क्षति पुगेको छ ।