• फाल्गुन २९ २०८२, शुक्रबार

त्रिशुली नदीको बीचमा फसेका दुई जनाको हेलिकप्टरबाट उद्धार

असार २४ २०८२, मंगलवार

नुवाकोट । नुवाकोटको बिदुर नगरपालिका– १ स्थित त्रिशुली नदीको बीचमा फसेका दुई जनाको उद्धार गरिएको छ ।

बाढीका कारण नदीको बीचमा फसेका नुवाकोट, विदुर नपा –१ लभ डाडा मिलन चौतारा बस्ने बर्ष ६७ को पाल्देन तामाङ र श्रीमती बर्ष ६२ को मंगली तामाङलाई हेलिकप्टरबाट उद्धार गरिएको छ ।

उनीहरु त्रिशुली नदीको किनारामा दाउरा काट्न जाँदा एक्कासी त्रिशुली नदीमा आएको बाढीमा फसेका थिए ।