काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले नेकपा एमालेसँगको गठबन्धनमा कुनै समस्या नआउने दाबी गरेका छन् । सोमबार केन्द्रीय समिति बैठक समापनपछि सञ्चारकर्मीसँगको कुराकानीका क्रममा उनले यस्तो बताएका हुन् ।
‘एमालेसँगको गठबन्धन जुन छ, यसमा अहिलेसम्म मात्रै होइन भोलिसम्म पनि मलाई विश्वास छ,’ देउवाले भने, ‘यो गठबन्धन पूरा समय रहन्छ ।’
उनले दुई ठूला दल गठबन्धनमा भएकाले केही समस्या आउने विषयलाई ठूलो रुपमा लिन नहुने देउवाको भनाइ छ ।
‘दुई ठूला पार्टीबीच गठबन्धनमा समस्या आउनुलाई ठूलो ठान्न हुँदैन । समस्यामा छलफल गरेर हामी मिलाउन सक्छौं,’ सभापति देउवाले भने, ‘केही कुरा आए पनि हामी त्यो समस्याको रुपमा आउन दिने छैनौं ।’
दुई दलबीच सल्लाह र सहमतिमै काम कारबाही अघि बढिरहेको उनले बताए ।