• फाल्गुन २६ २०८२, मंगलवार

हस्ताक्षर अभियानका नाममा रास्वपाले प्रोपोगाण्डा गर्याे : सुर्य थापा

असार २३ २०८२, सोमबार

काठमाडौं । नेकपा एमालेका सांसद सूर्य थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले हस्ताक्षर अभियानका नाममा प्रोपोगान्डा गरेको आरोप लगाएका छन् । प्रतिनिधि सभाको विशेष समयमा बोल्दै सांसद थापाले प्रतिशोध भन्दै अहिले हस्तक्षर अभियान चलाइएको र यो राजनीतिक प्रपोगाण्डा भएको टिप्पणी गरेका हुन् ।

सांसद थापाले यसलाई आफ्नो रोटी सेक्ने उपक्रम भएको बताउदै सर्वोच्च अदालतबाट भएको आदेश हस्ताक्षरले बदल्न नसक्ने उल्लेख गरे ।

उनले भने– ‘सर्वोच्च अदालतमा, उच्च अदालतमा र जिल्ला अदालतमा आधा दर्जनभन्दा बढि मुद्दा चलिरहेका छन् र त्यसलाई प्रतिशोध भन्ने कि राजनीति ? त्यसलाई प्रतिशोध भन्दै अहिले हस्तक्षर अभियान चलिरहेको छ, त्यो खासमा राजनीति हो । त्यो राजनीतिक प्रोपोगाण्डा हो । राजनीतिक प्रचार हो । आफ्नो रोटी सेक्ने उपक्रम हो । म दाबीका साथ भन्दछु कि सर्वाेच्च अदालतबाट जुन आदेश भएको छ, त्यो आदेशलाई हस्ताक्षरले बदल्न सक्दैन ।’