• फाल्गुन २६ २०८२, मंगलवार

पूर्वमन्त्री बाँस्कोटाले असार लागेपछि मल र मन्त्री दुवै हराउने स्थिति दोहोरिएको टिप्पणी गर्दै

असार २३ २०८२, सोमबार

काठमाडौं । नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाले असार लागेपछि मल र मन्त्री दुवै हराउने स्थिति दोहोरिएको टिप्पणी गरेका छन् ।

प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा बोल्दै बास्कोटाले असार लागेपछि मल र मन्त्री दुवै हराउने स्थिति दोहोरिएको टिप्पणी गर्दै तत्काल मलको प्रबन्ध गर्न माग गरेका हुन् ।

उनले भने– ‘कृषिमन्त्रीज्यू रन्किनुहोला, म यहीँ छु भनेर । यहाँ एउटा अभिषप्त इतिहास र नियती दोहोरिन्छ, असार लागेपछि मल र मन्त्री हराउनुपर्ने स्थिति हुन्छ नेपालमा । भूकम्पबाट राहत बाँड्याजस्तो १० केजी राहत बाँडेर कृषिको उत्पादन वृद्धि कसरी हुन्छ ? तत्काल मलको प्रबन्ध गरियोस ।’