विभिन्न छनोट प्रकृया हुँदै २०८२ असार १५ गते भएको अनलाइन भोटिङ हुँदा पनि जिल्लाका अरु दुई जनालाई भारी मतले पछाडि पार्दै विजयी जीवन गिरी राष्ट्रिय युवा संसद भएका छन् । गिरी कालीकोट जिल्लाबाट राष्ट्रिय युवा संसदमा प्रतिनिधि सभा अनलाइन भोटबाट निर्वाचनमा विजयी गिरी भएका हुन् ।
फेसबुक पेजमार्फत् हार्दिक बधाई तथा शुभकामना :
जीवन गिरी राष्ट्रिय युवा संसदको अनलाईन माध्यमबाट सम्पन्न निर्वाचनको अन्तिम नतिजामा विजयी भएको परिणाम आएपछि उनलाई बधाईको ओइरो आएको छ । अत्याधिक मत प्राप्त गरी विजयी भएकोमा उनलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त भइरहेको छ ।
राष्ट्रिय युवा संसद २०२४–२०२६ एक यस्तो अभियान हो, जसले युवाहरुको सक्रिय सहभागितालाई राष्ट्रिय नीति निर्माणमा जोड दिन्छ । यसको उद्देश्य देशभरिका युवाहरुलाई एकै ठाउँमा ल्याएर उनीहरुको आवाजलाई राजनीतिक र सामाजिक निर्णय प्रक्रियामा समावेश गराउनु हो ।
यो अभियानले युवाहरुको सशक्तिकरण, नेतृत्व विकास र उनीहरुको राजनीतिक तथा सामाजिक जागरुकतामा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ । यस कार्यक्रमले नेपालका प्रतिनिधि सभाका १६५ निर्वाचन क्षेत्रहरूबाट १—१ जना सक्रिय युवाहरूलाई प्रोफाइल, सामाजिक प्रभाव, र अनलाइनबाट आवेदन खुलाएको प्रत्येक प्रतिनिधिसभाबाट ३—३ जना छनोट गरेको र अनलाइनबाटै भोट गरेर बढी भोट प्राप्त गर्ने एक जना युवा संसद प्रत्यक प्रतिनिधि सभा बाट १—१ जना मात्र विजय हो ।
राष्ट्रिय युवा संसदको उद्देश्य :
नागरिक संलग्नता बढाउने :
लोकतान्त्रिक प्रक्रिया र नागरिक जीवनमा युवाहरूको सक्रिय सहभागिता बढावा दिनु ।
नेतृत्व कौशल विकास :
युवाहरूलाई नेतृत्व र सार्वजनिक रुपमा बोल्ने सीपहरू विकास गर्न प्रशिक्षण र अवसर प्रदान गर्नु ।
संवादलाई सहज बनाउने :
राष्ट्रिय मुद्दाहरूमा छलफल र बहस गर्न युवाहरूका लागि मञ्च सिर्जना गर्दै सूचित र सम्मानजनक संवादको संस्कृतिलाई प्रोत्साहित गर्नु ।
नीति प्रभाव :
नीति निर्माण प्रक्रियामा योगदान पुर्याउन सिफारिस र समाधानहरू प्रदान गर्दै युवाहरूलाई प्रोत्साहित गर्नु । युवा सञ्जालहरू निर्माण गर्ने हो ।