भोजपुर । भोजपुरको रामप्रसादराई गाउँपालिका–२ धोद्लेखानीमा एकै परिवारका चार जनाको विभत्स हत्या भएको छ ।
भोजपुर नगरपालिका–२ हेलौछा घर भएका राजेन्द्र राईले आफ्नै ससुराली पक्षका चार जनाको हत्या गरेका हुन् । जिल्ला प्रहरी कार्यालय भोजपुरका अनुसार हत्या हुनेमा ससुरा वेलबहादुर गिरी, सासु मञ्जु गिरी, श्रीमती मनिषा गिरी र सपन गिरी रहेका छन् ।
प्रहरीले घटनाको अनुसन्धान गरिरहेको जनाएको छ । प्रारम्भिक विवरण अनुसार घरेलु विवादका कारण घटना भएको बताइएको छ । पक्राउ परेका राईलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।