सिराहा । सिरहाको कल्याणपुरस्थित ग्लोबल आइएमई बैंकबाट नौ लाख रुपैयाँ लुटपाट गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा उदयपुरको त्रियुगा नगरपालिका–१२ का ३० वर्षीय सुजेन्द्र लोहनी (सुजन) छन् ।
लामो समयदेखि भारतमा लुकेर बस्दै आएका लोहनी केही दिनअघि नेपाल फर्किएका थिए । उनलाई सिरहा नगरपालिका–१७ खैरटोकाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) वीरेन्द्रकुमार पासवानले जानकारी दिए ।
१० फागुन २०७९ मा सिरहाको मिर्चैया नगरपालिका–३ स्थित बतहा पुलमा बैंकका कर्मचारी र प्रहरीलाई पेस्तोल देखाई ९ लाख रुपैयाँ लुटपाटको भएको थियो ।