काठमाडौँ । मुग्लिन नारायणगढ सडकखण्ड थप दुई घण्टा बन्द हुने भएको छ । मुग्लिन नारायणगढ सडकखण्डको तुइन खोला पुल नजिकै पहिरोको जोखिम उच्च रहि कुनैपनि समयमा माथिबाट ढुंगाहरू झर्ने र संभावित दुर्घटना हुन सक्ने भएकोले उक्त संभावित दुर्घटनालाई न्युनिकरण गर्नका लागि डिभिजनबाट लङ बुम एक्स्ट्राभेटर प्रयोग गरेर ढुंगा झार्न कार्य गर्न लागिएको सडक डिभिजन कार्यालय भरतपुरले जानकारी दिएको छ ।
कार्यालयले आज बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म करिब २ घण्टा सवारी आवागमन बन्द गरेर काम नसकिएपछि अपराहन्न ३ बजेपछि फेरी २ घण्टा बन्द गरेर काम गर्ने जनाएको छ । कार्यालयले सो अवधिभर आफ्नो लेन अनुशासनमा रहि सवारीसाधन रोकेर सहयोग गर्न अनुरोध गरेको छ ।