• फाल्गुन ३० २०८२, शनिबार

जबरजस्ती करणी गरेको अभियोगमा धनकुटाबाट एक व्यक्ति पक्राउ

असार ११ २०८२, बुधबार

धनकुटा । ५० वर्षीय महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा धनकुटा नगरपालिका–८ सान्ताङ बस्ने ५२ वर्षीय खड्ग बहादुर राईलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

खड्ग बहादुरले ती महिलालाई जबरजस्ती कारणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय धनकुटाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।