• फाल्गुन २६ २०८२, मंगलवार

बजेट पास गर्न एमालेको ह्वीप

असार ९ २०८२, सोमबार

काठमाडौँ । सत्तारुढ दल नेकपा एमालेले आफ्ना सांसदहरुलाई ह्वीप जारी गरको छ ।

असार १० गते मंगलबार प्रतिनिधि सभाको बैठकमा आर्थिक बर्ष २०८२–८३ को विनियोजन विधेयक निर्णयार्थ प्रस्तुत हुने कार्यसूची रहेकोले एमालेका सम्पूर्ण सांसदलाई बैठकमा अनिवार्य उपस्थित भएर प्रस्तावको पक्षमा मतदान गर्न मुख्य सचेतक महेश बर्तौलाले ह्वीप जारी गरेका हुन् ।