काठमाडौँ । प्रतिनिधि सभाको बैठक आज बस्दैछ ।
आज बिहान ११ बजे बस्ने बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, योजना आयोग, राष्ट्रपति को कार्यालय एवं उपराष्ट्रपतिसहित पाँच मन्त्रालयको बजेट प्रस्तावमाथि छलफल हुने कार्यसूची रहेको छ ।
आजको बैठकमा युवा तथा खेलकुद मन्त्रालय, महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय, अर्थ मन्त्रालय र सहरी विकास मन्त्रालयको आगामी आर्थिक वर्षको बजेट प्रस्तावमाथि छलफल हुने कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको छ ।
त्यस्तै, विनियोजन विधेयक, २०८२ अन्तर्गत विभिन्न मन्त्रालयको खर्च कटौतीको प्रस्ताव पनि आजको बैठकमा प्रस्तुत हुने कार्यसूची रहेको छ ।