• फाल्गुन २६ २०८२, मंगलवार

प्रचण्डसँग विप्लव र प्रकाण्डको भेटवार्ता

असार ७ २०८२, शनिबार

काठमाडौँ  । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ र प्रवक्ता प्रकाण्डको भेटवार्ता भएको छ ।

शनिबार प्रचण्ड निवास खुमलटारमा भएको भेटवार्तामा राजनीतिक घटनाक्रम र पार्टी एकीकरणका विषयमा छलफल भएको बुझिएको छ  । बैठकमा समाजवादी मोर्चालाई अगाडी बढाउने र माओवादी शक्तिहरुलाई एक ठाउमा ल्याउने विषयमा छलफल भएको बताइएको छ ।