• फाल्गुन २६ २०८२, मंगलवार

भिजिट भिसा प्रकरणलाई जनयुद्धकालीन मुद्दासँग साटेको भन्ने कुरामा सत्यता नरहेको नेता पुनको भनाई

असार ५ २०८२, बिहीबार

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले भिजिट भिसा प्रकरणलाई जनयुद्धकालीन मुद्दासँग साटफेर गरेको भन्ने कुरामा कुनै सत्यता नरहेको स्पष्ट पारेका छन् ।

बिहीबार संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उपमहासचिव पुनले भिजिट भिसा प्रकरणको विषयमा सरकारसँग भएको सहमति सत्ता साझेदारी र जनयुद्धकालीन मुद्दाका विषयलाई जोडेर भइरहेको टिप्पणी असान्दर्भिक रहेको बताए ।

‘जनयुद्धकालीन मुद्दाहरूसँग साटफेर गरियो कि भन्ने कुरा निकै असान्दर्भिक हो । जहाँसम्म समिति गठनको कुरा छ सरकारले अविलम्ब गठन गनुपर्छ,’ उनले भने, ‘रास्वपा लगायतका साथिहरूले पनि धैर्यता अपनाउनुपर्छ । सरकारले कार्यादेश स्पष्ट गरेर समिति बनायो भने रास्वपाका साथिहरूलाई पनि मनाउन सकिन्छ । र रास्वपाले पनि यही विषयमै आन्दोलन चलाइराख्न आवश्यक छैन ।’

संक्रमणकालीन न्याय (टीआरसी) सम्बन्धी कामहरू सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगले सुरु गरिसकेको समेत उल्लेख गरे ।