• फाल्गुन २६ २०८२, मंगलवार

सांसद चौधरीविरूद्ध जिप्रका दाङमा बैंकिङ कसुरमा उजुरी

असार ५ २०८२, बिहीबार

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का उपमहासचिव तथा सांसद मेटमणि चौधरीविरूद्ध जिल्ला प्रहरी कार्यालय दाङमा जाहेरी परेको छ । बुधबार कार्यालयमा हुलाकमार्फत् चेक अनादर कसुरमा जाहेरी परेको कार्यालय प्रमुख एसपी अर्जुनप्रसाद तिमिल्सिनाले जानकारी दिए ।

‘हुलाकमार्फत चेक अनादरको जाहेरी आएको छ । यसबारे हामी छलफलमा छौं,’ उनले भने ।
लुम्बिनी प्रदेश प्रहरी कार्यालयको उच्च स्रोतका अनुसार चौधरीविरूद्ध एभेरेस्ट बैंकको ५ करोड ४० लाखको चेक अनादरको जाहेरी परेको हो ।

उनीविरूद्ध रोल्पाका ठेकेदार धात बुढामगरले जाहेरी दिएका प्रहरीले जनाएको छ । हुलाकमार्फत् परेको जाहेरीलाई सनाखत गर्न प्रहरीले जाहेरवालालाई कार्यालयमा बोलाएको छ ।

यस विषयमा कुराकानी गर्न एकीकृत समाजवादीका उपमहासचिव चौधरीलाई सम्पर्क गर्दा उनले फोन उठाएनन् ।
चौधरी गत आम निर्वाचनमा दाङ क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएका थिए ।