• फाल्गुन २६ २०८२, मंगलवार

एकीकृत समाजवादीका सांसदले संसदमै च्याते बजेट पुस्तिका

असार ५ २०८२, बिहीबार

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सांसद अमरबहादुर थापाले प्रतिनिधि सभाको बैठकमा बजेट पुस्तिका सदनमै च्यातेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै थापाले बजेट पुस्तिका च्यातेका हुन् ।

सरकारले ल्याएको बजेटमा एकाधिकार कायम गरिएको र जनताप्रति उत्तरदायी नभएको भन्दै सदनको अनुमति लिएर नै पुस्तिका च्यातेको थापाको भनाई छ ।

उनले भने– ‘नेतामुखी र मन्त्रीमुखी बजेट भएकोले, यो बजेटको किताब हेरे, केहि पनि जनताप्रति उत्तरदायी नलिएको, एकाधिकार कायम गरिएको र यो किताब सदनको अनुमति लिएर च्यातेको छु ।’