काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसका नेता एवं पूर्वमन्त्री ढुण्डिराज शास्त्रीको पार्थिव शरीरमा माल्यार्पण गरेका छन् ।
बुधबार बिहान कांग्रेस केन्द्रीय कार्यालय सानेपामा सभापति देउवाले शास्त्रीको पार्थिव शरीरमा माल्यार्पण गर्दै श्रद्धान्जली दिएका थिए । उनले शास्त्रीको पार्थिव शरीरमा काँग्रेसको झन्डा ओढाएका थिए ।
शास्त्रीको पार्थिव शरीरलाई कांग्रेस केन्द्रीय कार्यालयमा श्रद्धान्जलीका लागि राखिएको थियो । कांग्रेस नेता शास्त्रीको सोमबार बिहान काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा उपचारका क्रममा निधन भएको थियो ।