• असार ४ २०८२, बुधबार

डाईभर्सन बाढीले बगाउँदा पूर्वपश्चिम राजमार्ग अझै अवरुद्ध

असार ४ २०८२, बुधबार

चितवन । पूर्वपश्चिम राजमार्ग अझै अवरुद्ध रहेको छ ।

पुर्वपश्चिम राजमार्ग अन्तर्गत दुम्किवासको विनयी खोलामा बनाइएको डाईभर्सन बाढीले बगाउदा राजमार्ग अवरुद्ध बनेको डिभिजन सडक कार्यालय भरतपुरले जानकारी दिएको छ । विनयी खोलाको पुल भाँचिएपछि खोलामाथि डाईभर्सन बनाएर यातायात सञ्चालन गरिँदै आएपनि बिहीबार बिहान आएको बाढीले डाईभर्सन बगाएपछि राजमार्ग अहिलेसम्म अवरुद्ध बनेको हो ।

अहिले उक्त स्थानमा डाइभर्सन बनाएर सडक खुलाउने प्रयास भैरहेको र सवारी आवागमन दुईतर्फी सुचारू गर्न केहि घण्टा लाग्ने सडक डिभिजनले जानकारी गराएको छ । डिभिजन प्रमुखको निर्देशनमा ईन्जिनियर सहितको टोली अहिले डाइभर्सन  बनाउन खटिएको र छिटोभन्दा छिटो सवारी आवागमन  खुलाउने प्रयास भइरहेको सडक डिभिजन कार्यालयले जानकारी दिएको छ । साथै पानीको वहाव कम हुँदै गएमा डाइभर्सन खुलाउन ४-५ घण्टा लाग्ने कार्यालयले जानकारी दिएको छ ।