• असार ४ २०८२, बुधबार

दुम्किवासस्थित विनयी खोलामा डाईभर्सन बनाइदै

असार ३ २०८२, मंगलवार

चितवन । अवरुद्ध भएको पूर्वपश्चिम राजमार्ग खुलाउने प्रयास जारी रहेको छ ।

पुर्वपश्चिम राजमार्ग अन्तर्गत दुम्किवासको विनयी खोलामा निर्माण भएको अस्थायी डाईभर्सन बाढीले बगाएपछि सवारी आवागमन खुलाउने प्रयास भइरहेको र अबको केहि घण्टाभित्र सवारी आवागमन दुईतर्फी नै सुचारू हुने सडक डिभिजन भरतपुरले जानकारी दिएको छ ।

विनयी खोलाको पुल भाँचिएपछि खोलामाथि डाईभर्सन बनाएर यातायात सञ्चालन गरिँदै आएपनि बिहीबार बिहान आएको बाढीले डाईभर्सन बगाएपछि राजमार्ग अवरुद्ध बनेको हो ।