• असार ३ २०८२, मंगलवार

पाल्पाको आर्य भञ्ज्याङबाट जिप खस्यो, २ जनाको ज्यान गयो

असार २ २०८२, सोमबार

बुटवल । पाल्पामा बोलेरो जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । सोमबार साँझ आर्यभञ्ज्याङदेखि रामपुरतर्फ जाँदै गरेको लु १ च ६७५६ नम्बरको बोलेरो जिप वीरकोटस्थित आर्यभञ्ज्याङ–रामपुर कच्ची सडकखण्डमा दुर्घटनाग्रस्त हुदा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी घाइते भएका एक जनाको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचारका क्रममा र अर्का एक जनाको मिसन अस्पताल पाल्पामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जानकारी दिएको छ ।

दुर्घटनामा चालक गम्भीर घाइते भएका छन् र उनको हाल लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको छ । गाडी सडकदेखि ३०० मिटर तल खसेको थियो । एभरेष्ट न्यूज एजेन्सी ।