काठमाडौं । टिकटकर रमा बस्नेत पक्राउ परेकी छन् । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–६ स्थायी बासिन्दा र हाल भक्तपुरमा बसोबास गर्दै आएकी ३१ वर्षीया टिकटकर बस्नेतलाई नेपाल प्रहरीकोसाइबर ब्यूरोले पक्राउ गरेको हो।
प्रहरी प्रवक्ता तथा सूचना अधिकारी एसपी दीपक राज अवस्थीका अनुसार बस्नेतलाई आज भक्तपुरबाट नियन्त्रणमा लिइएको हो। उनलाई सामाजिक सञ्जाल टिकटकमा नियोजित रूपमा जातीय तथा साम्प्रदायिक सद्भावमा खलल पु¥याउने, प्रतिष्ठित व्यक्ति र संस्थालाई लक्ष्यित गर्दै तथ्यहीन तथा भ्रामक सामग्री प्रकाशित–प्रसारित गरेको अभियोगमा पक्राउ गरिएको जनाइएको छ।
प्रहरीका अनुसार बस्नेतले सार्वजनिक व्यक्तित्व तथा संस्थाहरूमाथि निराधार आरोप लगाउँदै चरित्र हत्या गर्ने खालका सामग्रीहरू प्रसारण गर्ने कार्य निरन्तर गर्दै आएकी थिइन्।