अहिले बजारमा जताततै देखिने तरकारी हो घिरौला । यो तरकारी धेरैलाई मनपर्दैन । तर पनि बजारमा यो पाइन्छ । यसको एक मुख्य कारण हो यसलाई अनेक परिकारको रुपमा पकाएर खाइन्छ । यसलाई धेरैले मन नपराएपनी यसको तरकारी खानुका फाइदा अनेक छन् ।
यस्ता छन् घिरौलाका फाइदा
१. शरीरमा रहेका विशाक्त वस्तुहरुलाई हटाई रगत शुद्ध गर्ने र कलेजो स्वस्थ राख्न मद्दत गर्छ।
२. रगतका नलीहरु बन्द हुनबाट बचाउनुका साथै आमाशयको कार्यमा पनि सहयोग गर्छ।
३. जन्डिस जस्तो बिमारीको हकमा पनि यसले फाइदा गर्छ।
४. चिल्लो पदार्थ तथा कोलेस्टेरोल मात्रा न्यून हुने हुनाले यसले मोटोपना कमी गर्न पनि सहयोग गर्छ।
५. पानीको मात्रा बढी हुने हुनाले यसले पानीको कमी हुन दिँदैन।
६. यसमा रहेको इन्सुलिन जस्तो पदार्थले रगत र पिसाबमा रहेको चिनीको मात्रालाई घटाउन मद्दत गर्छ।
७. यसमा रहेको बेटा क्यारोटिनले आँखाको दृष्टि बढाउन मद्दत गर्छ।
८. यसको प्रयोगले छालाको सौन्दर्यमा वृद्धि गर्ने र डण्डीफोर जस्ता संक्रमण हुनबाट बचाउँछ।
९. यसको नियमित प्रयोगले पेटमा हुने अम्लीयपन तथा अल्सर हुनबाट बचाउँछ।
१०ं यसमा एन्टिबायोटिक एन्टिअक्सिडेण्ट तथा एन्टिफंगल गुणहरु पनि रहेको हुन्छ।