१. यस दिन किनेको कुनै पनि वस्तुहरुबाट पाईने फल अक्षय हुन्छ।
२. यस दिन नुन, बेसार, सुन, चाँदी, दाना धनिया, गोमती चक्र (५ वटा), मुखे रुद्राक्ष (१ वटा), माता पार्वतीका लागि सौभाग्य, पूजा सामान, तामा पित्तलका पात्रहरु, तुलसी माला, रुद्राक्ष माला, स्फटिकको माला, कलमगट्टाको माला आफ्नो क्षमता अनुसार खरिद गर्नु राम्रो हुन्छ।
३. यस दिन फलाम, प्लास्टिकका सामान किन्नु हुदैन, किन्नै परे भोलिपल्ट वा अघिल्लो दिन किन्न सकिन्छ ।
४. यस दिन जौको सातु, छाता, खराउ, चप्पल, गाई दान गर्न सकिन्छ भने रोगी, असहायलाई वित्तीय सहयोग गर्दा अक्षय पुण्य तथा फलको प्राप्ति हुन्छ ।
५. यस दिन झगडा नगर्ने, सकारात्मक सोच मात्र राख्ने, कसैको कुरा नकाट्ने, मन्त्र जाप गर्ने, खुत्रुके वा बैंक बचत गर्ने, कुल, पितृ, तुलसी मठमा १० दीप अवश्य प्रज्वलन गर्नुपर्दछ।
६. यस दिन आफ्नो हरेक सपना पूरा भईरहेको र सफलता प्राप्त गरिरहे कुराहरु सोच्ने र शुभ कार्य शुभारम्भ गर्नुपर्दछ ।एजेन्सी