• फाल्गुन २६ २०८२, मंगलवार

क्रान्तिकारी युवा संगठनको प्रथम राष्ट्रिय सम्मेलन काठमाडौंमा सुरु

बैशाख १६ २०८२, मंगलवार

काठमाडौं । नेकपा (बहुमत) निकट क्रान्तिकारी युवा संगठनको प्रथम राष्ट्रिय सम्मेलन आजबाट काठमाडौंमा सुरु भएको छ । ३ दिनसम्म चल्ने सम्मेलनको आज उद्घाटन सत्र सुरु भएको छ ।

उद्घाटन सत्रमा देशभरबाट आएका प्रतिनिधि र पर्यवेक्षकहरुको सहभागीता रहेको छ । सम्मेलनको नेकपा (बहुमत)का संयोजक धर्मेन्द्र बास्तोलाले मैनबत्ति बालेर उद्घाटन गरे । उद्घाटन सत्रमा नेकपा (बहुमत) निकट जनवर्गीय संगठनका प्रमुख र विभागीय प्रमुखहरुको पनि उपस्थिति रहेको छ ।

आजको उद्घाटन सत्रमा भाइचारा युवा संगठनका प्रतिनिधिले सम्मेलन सफलताको शुभकामना मन्तव्य राखेका छन् । उद्घाटन सत्रमा
उद्घाटनका वक्ताहरुले नेपाली समाजको आजको समस्या र जनताका दुश्मनहरुको पहिचान गरि जनतालाई एकजुट बनाइ आन्दोलन अगाडि सार्न सुझाव दिएका छन् ।

राजधानीको ईच्छुक सांस्कृतिक प्रतिष्ठानको हलमा आजबाट बैसाख १८ गतेसम्म चल्ने सम्मेलनले नयाँ नीति र नेतृत्व चयन गर्ने आयोजकले जनएको छ ।