काठमाडौं । प्रकृतिपूजक मगर समाजको आयोजनामा मगर समुदायको पुर्ख्यौली मौलिक जन्म संस्कार, विहे संस्कार र मृत्यु संस्कार बारेको अन्तरकृया कार्यक्रम काठमाडौंमा सम्पन्न भएको छ ।
अन्तरकृयामा नेपाल मगर संघका वरिष्ठ उपाध्यक्ष धनबहादुर पुन, अथार मगरात भाषिक उपाध्यक्ष जीवन रोका, नेपाल मगर संघको संचार प्रमुख उपमहासचिव मानबहादुर पुनमगर लगायतका अतिथि उपस्थित थिए ।
कार्यक्रमको सहजीकरण नेपाल सरकारका उपसचिव तथा मानवशास्त्री बलबहादुर घर्ती मगरले गरेका थिए । अन्तरकृयामा विभिन्न क्षेत्रमा कृयाशिल मगर समुदायका अगुवाहरु पनि उपस्थित थिए ।
अन्तरकृया कार्यक्रमबाट मगर समुदायको संस्कार तथा संस्कृतिको अध्ययन तथा लेखन तथा अनुसन्धान गर्ने निर्णय पनि गरिएको छ । कार्यक्रमको समापन अध्यक्ष नन्द घर्तीमगरले गरेका थिए । कार्यक्रमको संचालन संस्थाका सचिव विवेक घर्तीले गरेका थिए ।
कार्यक्रममा अन्तराष्ट्रिय मगर महासंघका अध्यक्ष नवीन रोकाले मगर समुदायको मौलिक संस्कार नेपाल मगर संघले गरेका कामकारवाहीहरुको बारेमा प्रकाश पारेका थिए ।