• माघ २१ २०८१, सोमबार

विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा, साना बालबालिकाहरूलाई अक्षरारम्भ 

माघ २१ २०८१, सोमबार

माघ २१, काठमाडौं । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने वसन्त पञ्चमी पर्व विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधनासहित वसन्त श्रवण गरेर मनाइएको छ । आजको दिन सरस्वतीका मन्दिरमा विद्यार्थीको घुइँचो लाग्ने गर्दछ । आजकै दिन साना बालबालिकाहरूलाई अक्षरारम्भ गराउने चलन छ ।

सरस्वतीको पूजाको दिन अक्षरारम्भ गरिए विद्या आउने विश्वास रहीआएको छ । यसै अवसरमा काठमाडौंको स्वयम्भुस्थित सरस्वती मन्दिरमा अक्षरारम्भ गर्नेहरूको बिहानैदेखि भिड लाग्ने गर्दछ ।