• पुष ११ २०८१, बिहीबार

क्रिसमसमा चर्चित ‘शान्त क्लज’ को हुन् ?

पुष १० २०८१, बुधबार

सेतो दारी र रातो कोटसहितको पहिरनमा उभिएका एउटा शान्त धर्मगुरु अर्थात येशु ख्रीष्ट जन्मेको दिनको सम्झनामा मनाइने ‘क्रिसमस डे’ को दिन देखिन्छ । उनै धर्मगुरुलाई नै शान्त क्लज भनेर बुझिन्छ ।

शान्त क्लज पश्चिमी सभ्यतामा प्रेम र करुणाको पर्याय मानिन्छन्। साना बच्चालाई अहिले पनि फकाउनका लागि अहिले पनि लिइने त्यही नाम ‘शान्त क्लज’ले दिने उपहार अहिले पनि प्रिय मानिन्छ। शान्त क्लजले दिइने उपहारको लोभ पश्चिमा संस्कृतिमा अझै हुन्छ।

डिसेम्बर २५ क्रिसमसको दिन संसारमा हर्षोल्लासका साथ मनाइँदै छ। साना बच्चा यसै दिनमा उपहार लिन र दिनमा व्यस्त छन्। आज जिसस क्राइस्टलाई मात्र होइन, तिनै सान्टा क्लासलाई पनि सम्झने गरिन्छ। तीनै शान्त क्लजका बारे इतिहासमा धेरै व्याख्या गरिएका छन्। सान्टा क्लासका धेरै रूप र अवतार समेत भएको जनाइएको छ। प्रेम र करुणाका प्रतीक त्यो धेरै रूप र अवतारमा धेरै गरिब र दुःखीको उद्धार गरिएका छन्।

शान्त क्लज को हुन् ?शान्त क्लजको नाम हो, सेन्ट निकोलास। सन् २८० एडीमा अहिले टर्की रहेको पटारामा उनी जन्मिएको विश्वास छ। उनी गाउँको भ्रमण गरेर गरिबलाई सहयोग गर्ने गर्थे। गरिबीबाट बेचिएर वेश्या बन्न लागेका तीन छोरीलाई सहयोग गरेर बचाएको पनि भनाइ छ। उनकै सहयोगमा ती तीनै जनाको विवाह भएको थियो।
६ डिसेम्बरका दिनलाई उनको मृत्युको दिनको रूपमा सम्झने गरिन्छ। सोही दिनदेखि उपहार दिने चलन छ। ६ क्रिस्चियन सम्प्रदायमा ६ डिसेम्बरलाई विवाहका लागि राम्रो दिन पनि मानिन्छ।

न्यूयोर्कमा शान्त क्लजसेन्ट निकोलास पहिलो पटक सन् १९७३१९७४ मा पहिलो पटक नेदरल्यान्ड्सबाट अमेरिका पुगेको कथन छ। निकोलास नै डच भाषामा सिन्टर क्लास भनियो। यसैलाई ‘शान्त क्लज’ पनि भन्न् थालियो।
सन् १८०९ देखि न्यूयोर्कबाट नै शान्त क्लजका कथाको व्यापक प्रचार हुन थालेको विश्वास छ।

डिपार्टमेन्ट स्टोरमा शान्त क्लजसन् १८२० देखि १८४० को बिचमा यसरी डिपार्टमेन्टमा उपहार लिन जान थालेको अनुमान छ। सन् १८४१ मा बच्चा फिलाडेल्फियामा शान्त क्लज मोडल हेर्न गएको जनाइन्छ।

सन् १८९० को सुरुवातमा उनीहरूले निःशुल्क खाद्यान्न सहयोग गर्दै आएका परिवारका लागि खाद्यान्न सहयोग गर्नका लागि स्यालभेसन आर्मीलाई सहयोग आवश्यक रहेको थियो। यसै समयमा शान्त क्लजको उपस्थितिमा समस्या समाधान भएको जनाइन्छ। यसैको आधारमा सन् १९४७ मा ‘मिराकल अन ३४ स्ट्रिट’ नामको फिल्म बनेको थियो। यसै फिल्मका लागि एडमन्ड ग्वेनले ओसकार अवार्ड समेत पाएकी थिइन्। सन् १९९४ मा यस फिल्मलाई फेरि बनाइएको थियो।
अहिले सेन्ट निकोलासको रूपमा मात्र शान्त क्लज मानिँदैनन्। संसारमा विभिन्न स्वरूपमा शान्त क्लजलाई सम्झने गरिएको छ। ‘क्रिस्ट काइन्ड’ र ‘क्रिस्ट क्रिन्डल’ ले पनि बच्चालाई उपहार दिने विश्वास गरिन्छ।

अहिले संसारमा नै शान्त क्लजको रूपमा उपचार बच्चालाई दिने गरिन्छ। आफ्ना बच्चालाई डिपार्टमेन्टल स्टोरमा गएर सोही किसिमको ब्याग खरिद गरेर दिने गरेको ब्याग र अन्य सामग्री दिने गरिन्छ। यसैगरी शान्त क्लजको चित्र अङ्कित खेलौना पनि यस क्रिसमस अवधिमा संसार भरी नै दिने गरिन्छ। तीनै शान्त क्लजलाई सम्झिएर बच्चाहरूले एकले अर्कोलाई उपहार दिने चलन पनि छ।

शान्त क्लजलाई विभिन्न रूपले मनाइने गरिन्छ। अमेरिकामा रातो पहिरनको शान्त क्लजको अवधारणा गरिन्छ। नेदरल्यान्ड्सका घोडामा चढेर आएको शान्त क्लजको रूपमा चित्रण गरिन्छ।

बेलायतमा फादर क्रिसमसको रूपमा हरियो लुगा लगाएको शान्त क्लजलाई पनि चित्रण गर्ने गरिन्छ। संसारमा अहिले विभिन्न देशमा क्रिसमस मनाउने क्रममा विभिन्न रूपमा आफूलाई शान्त क्लजको रूपमा राखेर बच्चालाई उपहार दिँदै मनाइने चलन छ। यसरी शान्त क्लजको आकृतिको रूपमा आफूलाई राख्दा संसारका धेरै देशमा धेरै प्रचलन छ।

बजारमा शान्त क्लज अङ्कित धेरै कुरा उपहारको रूपमा दिन सकिन्छ। यसरी दिइने उपहारमा फ्रान्समा उही रातो पहिरनको शान्त क्लजको परिकल्पना गरिएको छ। रुसमा रातो रङ्गको लुगा लगाएको शान्त क्लजको पहिरनको कल्पना गरिन्छ। स्विडेन, नर्वे, नेदरल्यान्ड्स, अस्ट्रिया, स्विट्जरल्यान्डमा र जर्मनीमा भिन्न किसिमको शान्त क्लजको अवधारणासहित उपहार दिइन्छ। शान्त क्लजको आकृति र पहिरनलाई संसारका धेरै देशमा फरक ढङ्गले प्रस्तुत गरिएका छन्।