• मंसिर ११ २०८१, मंगलवार

छठ पर्वको महत्त्व

कार्तिक २२ २०८१, बिहीबार

छठ पर्व विशेषतः सूर्यको अनुष्ठान हो । प्रकृतिमाथि श्रद्धा प्रकट गर्ने हिन्दु सनातनीहरुले तिथिमितिअनुसार विभिन्न कुराको पूजा र श्रद्धा गर्दै आएका छन् । जसले गर्दा कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म छठ पर्वअन्तर्गत सूर्यको पूजा गर्ने गरिएको छ ।

छठको पहिलो दिन ब्रतालुहरुले नहाय–खाय विधि गर्छन् । यस दिनमा ब्रतालुहरुले हातगोडाका नङ काटेर पवित्र स्नान गर्दै चोखोनिधाे खाएर व्रतको सङ्कल्प गर्दछन् ।

त्यस्तै दोस्रो दिन नहाय–खाय गरेका ब्रतालुले दिनभरि भोकै बसेर बेलुकी दूध र सक्खरमा बनाइएको खिर तथा रोटी खाएर खरना विधि पूरा गर्छन् । तेस्रो दिनलाई सँझिया अर्घ अर्थात् छठ भनिन्छ । कार्तिक शुक्ल चतुर्थीबाट सुरु भएको यो पर्वको तेस्रो दिन छठ अर्थात् षष्ठी हो ।

पर्वको चौथो दिनअर्थात् अन्तिम दिनलाई विहनिया अर्घ पारण भनिन्छ । चौथो दिनको विहान सूर्य उदाउनुअघि नै घाटमा पुगेर उदाउँदै गरेको सूर्यलाई अर्घ दिएर व्रतको समापन गर्ने चलन छ ।