• मंसिर ११ २०८१, मंगलवार

ध्वजासहितको लिङ्गो ठड्याएपछि सुरु भयो इन्द्रजात्रा

भाद्र ३० २०८१, आईतवार

भदौ ३), काठमाडौं । आज भाद्र शुक्ल द्वादशी । आजदेखि काठमाडौं उपत्यकाको मुख्य पर्व इन्द्रजात्रा प्रारम्भ हुँदै छ । वर्षा र सहकालका देवता इन्द्रको पूजा गरेर मनाइने यो पर्वलाई नेवार समुदायमा येँया पुन्हि पनि भनिन्छ ।

हनुमानढोका अगाडि इन्द्रध्वजासहितको लिङ्गो ठड्याएपछि यो जात्रा सु? भएको हो । जात्रा विविध नाचगान, रथयात्रा र देवीदेवताको पूजार्चनाका साथ आठ दिनसम्म मनाइन्छ । इन्द्रध्वजाको पूजा गरी शक्ति प्राप्त गरेर प्रदर्शन गर्ने पर्वका रूपमा पनि इन्द्रजात्रालाई लिइन्छ ।

काठमाडौं, ललितपुर, भक्तपुर, धुलिखेल र दोलखालगायत स्थानमा धुमधामका साथ इन्द्रजात्रा मनाउने प्रचलन छ । असोज १ मा मङ्गलबार इन्द्रजात्राको मुख्य दिन हो । उक्त दिन राष्ट्रप्रमुखले गणेश, भैरव र कुमारीको दर्शन गर्ने परम्परा छ । सरकारले उक्त दिन काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिएको छ ।