• मंसिर ११ २०८१, मंगलवार

श्रीकृष्णका यस्ता आठ रहस्यमय तथ्य

भाद्र १० २०८१, सोमबार

भगवान विष्णुको दश मुख्य अवतारहरू मध्यको एक अवतार मानिन्छन् भगवान श्री कृष्ण । कृष्णको जन्म आधुनिक भारतको मथुरा शहरमा भएको थियो ।

श्रीकृष्णलाई जन्मिएकै घडी कंशबाट बचाउन उनका पिता वसुदेवले गोकुलवासी नन्द गोपका घरमा छोडेका थिए । त्यसैले श्रीकृष्णको बाल्यकाल नन्द गोपका घरमा बितेकाले उनलाई गोपाल तथा नंदलाल नामले पनि जानिन्छ । श्रीकृष्णको एक दाजु बलराम नन्द गोपका छोरा थिए ।

यस्ता छन् भगवान कृष्णका रहस्यः

कृष्णको रंगः पौराणिक कथन अनुसार भगवान श्री कृष्णको रंग कालो र निलोको समिश्रण थियो । अर्थात् उनी न काला थिए न निला । जब सुर्य असताउने बेलामा जसरी आकास कालो र निलो रंगको समिश्रण बाट बनेको देखिन्छ तेस्तै रंग भगवान कृष्ण को थियो भन्ने कथन रहेको छ ।

गन्धः एक प्रचलित विश्वास यो छ कि भगवान श्री कृष्णको शरीर बाट यस्तो प्रकारको गन्ध आउँथ्यो कि जसबाट मानिसहरु मन्त्र मुग्ध हुन्थे । तेस्तै गन्ध द्रौपदीबाट पनि आउने गर्दथे । कृष्णको गन्ध र रातकी रानी फुलको गन्ध उस्तै थियो ।

कृष्णको शरीरः भगवान श्री कृष्णको शरीर यति कोमल थियो कि महिलाहरु समान । पौराणिक कथन अनुसार युद्धको समयमा उनको शरीर कठोर बन्दै गएको थियो । यहि शारीरिक विशेषता द्रौपदीमा पनि थियो ।

सादा जिवनः कृष्णको जन्म मथुरामा भयो र उनको बाल्यकाल धेरै जस्तो गोकुल, वृन्दावन, नन्दगाव बरसाना आदिमा बित्यो । एक दिन वृक्ष मुनि विश्राम गरिरहेको बेला एक सिकारीले उनलाई हरिण समझेर तिर हान्दा उनको खुट्टामा लाग्छ र त्यसलाई बहाना बनाएर उनले देह त्याग गरेको भन्ने पौराणिक कथन रहिआएको छ ।

कृष्णको द्वारिकाः भगवान श्री कृष्णले गुजरात को समुद्री किनारमा एक भव्य नगर निर्माण गरेका थिए ।

मार्शल आर्टको जन्मदाताः इतिहासकारका अनुसार भगवान श्री कृष्णले मार्शल आर्टको को अविष्कार गरेका थिए । मथुरामा उनले दुष्ट रजकको हत्केलाले काटेर मारिदिएका थिए ।

सुदर्शन चक्रः श्री कृष्णको हातमा सुदर्शन चक्र छ जुन सुदर्शन चक्र कृष्णलाई परशुरामजीले दिएका थिए ।

पत्नीः भगवान श्री कृष्णका १६ सय पत्नी थिए भन्ने कथन छ यो कुरा गलत हो र उनका जम्मा ८ ओटा पत्नी थिए । एजेन्सी