• बैशाख १४ २०८३, सोमबार

काँग्रेस–एमालेका शिर्ष नेताहरुको बैठक बालुवाटारमा जारी

श्रावण १५ २०८२, बिहीबार

काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेका शिर्ष नेताहरुको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी रहेको छ । बैठकमा सरकार संचालन, मन्त्रिपरिषद्को पुनर्गठनको विषयमा छलफल भइरहेको बताइएको छ ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेर बहादुर देउवा, कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, उप्रधानमन्त्री विष्णु पौडेल, गृहमन्त्री रमेश लेखक, प्रधानमन्त्रीका सल्लाहकार विष्णु रिमाललगायत रहेका छन् ।