• बैशाख २२ २०८३, मंगलवार

विश्वासको मत माग्दै देउवाले भने–राम्रा कामका लागि ओली सरकारलाई धन्यवाद

श्रावण ३ २०७८, आईतवार

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले संसद बैठकमा विश्वासको मत मागेका छन् ।

प्रतिनिधिसभामा आइतबार विश्वासको मतसम्बन्धी प्रस्ताव प्रस्तुत गर्दै प्रधानमन्त्री देउवाले केपी शर्मा ओलीको साढे तीन वर्षे कार्यकालमा भएका राम्रा कामहरुका लागि ओलीलाई धन्यवाद दिएका छन् । ओलीले हासिल गरेका अनुभवहरु उपयोगी हुने देउवाले बताए ।

प्रधानमन्त्री देउवाले कमी कमजोरीहरू सच्याउँदै सबैले मिलेर अगाडि बढ्नुपर्नेमा जोड दिए । उनले सत्तापक्ष र प्रतिपक्ष सबै दलहरु आपसमा मिलेर अगाडि बढ्न चाहेको बताए ।

देउवाले आफू संविधानको धारा ७६ (५) अनुसारको प्रधानमन्त्री बनेको हुनाले विश्वासको मत दिन आग्रह गरे ।