• बैशाख २२ २०८३, मंगलवार

मोटरसाइकल चोर्ने एक व्यक्ति पक्राउ

श्रावण ३ २०७८, आईतवार

कपिलवस्तु । कपिलवस्तु नगरपालिका-१ गौढीचोकस्थित सडकबाट १ थान चोरीको मोटरसाइकल सहित यशोधरा गाउँपालिका-५ लोहरौली बस्ने २१ वर्षीय तौफिक पठानलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुबाट खटिएको प्रहरीले जांच गर्नेक्रममा तौफिकलाई कागजपत्र नभएको मोटरसाइकल सहित फेला पारी अनुसन्धान गर्दा उक्त मोटरसाइकल गत जेठ २४ गते कपिलवस्तु नगरपालिका-१ नयाँटोल बस्ने मोहम्मद वाजीह अरसदको बा.७२ प ६३११ नम्बरको पल्सर मोटरसाइकल रहेको खुल्न आएपछि उनलाई पक्राउ गरेको हो ।

उनी उपर चोरी मुद्दामा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।