• बैशाख २२ २०८३, मंगलवार

चर्को भाडा असुल्ने सवारीमाथी विप्लवका युवाको कडा निगरानी

श्रावण २ २०७८, शनिबार

हेमन्त वली श्रावण २,दाङ ।
नेपाल कम्युनिस्ट पार्टीको सहायक संगठन युवा संगठन नेपाल दाङले आज जिल्लाको लमही नगरपालिकामा यातायात व्यवसायीले असुली गरेको चर्को भाडाका विरुद्ध विरोध कार्यक्रम सम्पन्न गरेको छ ।

जिल्लामा आवतजावत गर्ने लामो दुरीका सवारी साधनलाई रोकेर यात्रुसँग भाडा दर सोधपुछ गरी चर्को भाडा असुली भएको वा नभएको विसयमा जानकारी लिइएको सो संगठनका दाङ इञ्चार्ज मनोजले बताए ।

संगठनको केन्द्रिय कार्यक्रम अनुसार राप्ती व्युरोका दाङ, सल्यान, रुकुम, प्युठान र रोल्पामा संगठनले मनपरी भाडा असुलीको विरुद्धमा अनुगमन गरेको जनाइएको छ ।

युवा संगठन नेपाल राप्ती व्युरो इञ्चार्ज तिलकको नेतृत्वमा लमहीमा भएको अनुगमन कार्यक्रममा पेट्रोलियम पदार्थमा भएको मुल्यवृद्धिको बहानामा मनपरी भाडा असुली नगर्न सचेत गराइएको थियो ।

संगठनले सवारी साधनमा अनिवार्य भाडादर सार्वजनिक गर्नुपर्ने, यात्रुसँग चालक सहचालक र यातायात व्यवसायीले शिष्ट र सभ्य भाषा प्रयोग गर्नुपर्ने, यात्रुहरुको सेवा सुविधा, सवारी साधनको दुर्घटना बीमा, यात्रु बीमा लगायतका विषयमा सचेत गराइएको संगठनका व्युरो इञ्चार्ज तिलकले बताउए ।

सवारी साधनमा यात्रा गरिरहेका यात्रुहरुले जनताको प्रत्यक्ष जीवनसँग सरोकार राख्ने विषय वस्तुमा आन्दोलन केन्द्रित रहेको भन्दै संगठनलाई धन्यवाद दिएका थिए ।