• बैशाख २२ २०८३, मंगलवार

पछिल्लो २४ घण्टामा थप २९३६ जनामा कोरोना सङ्क्रमण , ४३ को मृत्यु

श्रावण १ २०७८, शुक्रबार

काठमाडौँ। देशभर थप २ हजार ९३६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । देशभर पछिल्लो २४ घण्टाको अवधिमा ९ हजार ६१३ जनाको आरटी पीसीआर विधिबाट परीक्षण गर्दा २ हजार ६ जना र ४ हजार ५६९ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ९ सय ३० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ७ लाख १२ हजार ३७३ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा देशभर १ हजार ७७५ जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ६ लाख २८ हजार २४३ पुगेको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा थप ४३ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ५०६ पुगेको छ ।