• बैशाख २२ २०८३, मंगलवार

सार्वजनिक यातायातको भाडा बढ्यो

असार ३० २०७८, बुधबार

काठमाडौँ। सरकारले लामो दूरीमा चल्ने सार्वजनिक यातायातको भाडा बढाएको छ । बुधबार यातायात व्यवस्था विभागले एक सूचना जारी गर्दै पेट्रोलियम पदार्थ बढेकाले भाडादर वृद्धि गरेको जनाएको छ ।

विभागका अनुसार यात्रुवाहक सवारीमा २८ प्रतिशत, पहाडी बाटोमा सञ्चालन हुने मालबाहक सवारीमा २० प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालबाहक सवारीसाधनको भाडा २६ प्रतिशतले बढेको छ ।

यसैबीच सरकारले यही साउन १ गतेदेखि लामो दूरीका सवारीसाधन चलाउने तयारी गरेको छ ।