सुनसरी । इटहरी उममहानगरपालिका-४ गैरीगाउँ डेरा गरी बस्ने तेह्रथुम म्यागलुङ्ग घर भएका ३४ वर्षीय दुर्गा बहादुर रसाईलीलाई ५३ ग्राम २ मिलिग्राम अवैध लागूऔषध ब्राउन सुगर, नगद ९८ हजार १ सय ७५ रुपैयाँ र १ थान तौल नाप्ने डिजिटल उपकरण सहित आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा लागू औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बिराटनगर र ईलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उनको साथबाट उक्त लागूऔषध, नगद र उपकरण सहित फेला पारी पक्राउ गरेको हो ।
उनीउपर जिल्ला अदालत सुनसरीबाट म्याद थप अनुमति लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।