• बैशाख २२ २०८३, मंगलवार

सर्वोच्चद्वारा देउवालाई प्रधानमन्त्री बनाउन परमादेश

असार २८ २०७८, सोमबार

काठमाडौँ । सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको छ ।

प्रतिनिधिसभा पुनस्स्थापनाको फैसला गर्दै अदालतले १४६ सांसदले दायर गरेको रिटको आधारमा देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिएको हो ।

अदालतले साउन ३ गते बेलुका ५ बजेसम्म संसद् बैठक बोलाउन समेत आदेश दिएको छ।