• बैशाख २२ २०८३, मंगलवार

सिंहदरबार अगाडि धर्ना दिने नागरिक अभियानका २६ पक्राउ

असार २७ २०७८, आईतवार

काठमाडौं । सिंहदरबार अगाडि धर्ना दिने क्रममा नागरिक अभियानका २६ अभियन्ता पक्राउ परेका छन् ।

वरिष्ठ पत्रकार नारायण वाग्लेसहित बृहद नागरिक अभियानका २६ अभियन्ता पक्राउ परेका हुन् ।

सिंहदरबार अगाडि गरेको धर्ना दिने क्रममा उनीहरुलाई प्रहरीले पक्राउ गरी नेपाल पुलिस क्लबमा राखेको हो ।

स्वास्थ्य र शिक्षामाथिको दलीयकरण, भ्रष्टाचार तथा बेथितिविरूद्ध प्रतिरोधको क्रममा सिंहदरबार अगाडि धर्ना दिने क्रममा आफूहरुलाई प्रहरीले पक्राउ गरेको अभियान्ता युग पाठकले जानकारी दिए ।

पक्राउ पर्नेमा वाग्ले र पाठकसहित अर्चना थापा,  प्रणेता,  अनुभव अजित,  अरूणदेव जोशी,  निर्ग नवीन, शशी विक्रम कार्की,  अरूण थापा,  नविन तिवारी,  वसन्त छिपा,  विमल अर्याल,  गोविन्द छन्त्याल,  श्रवण मुकारूङ,  राजेन्द्र महर्जन,  खगेन्द्र संग्रौला,  डा सञ्जीव उप्रेती,  चन्द्रवीर तुम्बापो,  प्रदिप सेढाई , नरेश ज्ञवाली, डा कुम्भराज जोशी,  प्रशान्त राई,  विष्णु अधिकारी,  छम गुरूङ, मनोज खतिवडा र डा एलबी बस्नेत रहेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमका साथै बेथिति र भ्रष्टाचारविरुद्ध अभियानले निरन्तर संघर्षका कार्यक्रम गर्दै आएको छ ।