काठमाडौँ। काठमाडौंको सिंहदरबारबाट बृहत् नागरिक आन्दोलनका अभियन्ताहरू पक्राउ परेका छन् । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका चारै पदाधिकारीलाई पदमुक्त गरी नयाँ पदाधिकारी चयन गर्नुपर्ने माग गर्दै सिंहदरबारको दक्षिणीगेटमा प्रदर्शनमा उत्रिएका अभियन्ता नारायण वाग्लेसहित १७ जना पक्राउ परेका हुन् ।
आइतबार बिहान ११ बजे ‘सिंहदरबार मार्च’मा गएका अभियन्ताहरूलाई नियन्त्रणमा लिइएको हो।
अभियन्ताहरूलाई निषेधित क्षेत्र तोडेपछि नियन्त्रणमा लिएको र अहिले नगर प्रहरी कार्यालयमा राखिएको प्रहरीले प्रहरीले जनाएको छ।