• बैशाख २२ २०८३, मंगलवार

पीडितको उजुरीपछि मानव तस्करीको नयाँ गन्तव्य पत्ता लाग्यो

असार २७ २०७८, आईतवार

काठमाडौं । मानव बेचबिखनमा संलग्न गिरोहले दक्षिणपूर्वी एसियाली मुलुक कम्बोडियालाई नयाँ गन्तव्यका रूपमा प्रयोग गरिरहेको पाइएको छ ।

कम्बोडियाबाट भागेर नेपाल फर्किन सफल पीडित युवतीको उजुरीपछि यस्तो रहस्य खुलेको हो । नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले ती युवतीलाई भारत, म्यानमार, थाइल्यान्ड  हुँदै कम्बोडिया पुर्याएको अभियोगमा धनकुटा शहीदभूमि गाउँपालिका–२ का ३७ वर्षीय किसान राईलाई धनकुटाबाट पक्राउ गरेको छ ।

सामाजिक सञ्जाल फेसबुकबाट चिनजान गरी अभियुक्त राईले कम्बोडियाको कन्स्ट्रक्सन कम्पनीमा काम लगाइदिने प्रलोभन देखाई ती युवतीलाई चिनियाँ नागरिक बस्ने एक घरमा बस्थे । यो समाचार गोरखात्र दैनिकमा छ ।