• बैशाख २२ २०८३, मंगलवार

भारतीय अभिनेता दिलिपकुमारको निधन

असार २३ २०७८, बुधबार

नयाँदिल्ली । भारतीय अभिनेता दिलीपकुमारको निधन भएको छ । उनलाई मुम्बईको हिन्दुजा अस्पतालमा भर्ना गरिएको थियो । ९८ वर्षको उमेरमा उनको आज बिहान उपचारको क्रममा निधन भएको हो ।

उनी पछिल्ला केही दिनदेखि अस्पतालमा भर्ना भएका थिए । हिन्दुजा अस्पतालका डाक्टर जलील पालकरले दिलीपकुमारको निधनको पुष्टि गरेको बीबीसीले आफ्नो समाचारमा जनाएको छ ।

दिलीप कुमारको निधनप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि साँस्कृतिक क्षेत्रमा ठूलो क्षति भएको बताएका छन् ।