• बैशाख २२ २०८३, मंगलवार

संसारमा आधिपत्य, प्रभाव क्षेत्र र विस्तार नखोजेको चीनको दाबी

असार २२ २०७८, मंगलवार

काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङले चीन जहिले पनि विकासोन्मुख संसारको एउटा सदस्यको रुपमा रहने जनाउदै कहिले पनि संसारमा आधिपत्य, प्रभाव क्षेत्र र विस्तार नखोज्ने बताएका छन् ।

सीले चिनियाँ कम्युनिष्ट पार्टीले आयोजना गरेको राजनीतिक दलहरुको विश्व सम्मेलनलाई सम्बोधन गर्दै सबै मानव समुदायको हित सुनिश्चित गर्ने बाटोमा कुनै पनि मुलुक पछाडि पर्न नहुने उल्लेख गरेका छन् ।

कार्यक्रममा प्रधानमन्त्री केपी ओलीसहित विभिन्न राजनीतिक दलका शीर्ष नेताहरुको उपस्थिति रहेको छ ।